ताजा अपडेट »

‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’

विहीबार, १० भदौ २०७८, ११ : ४८
2 Shares

काबुल । केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन् ।

अमेरिका, अस्ट्रेलिया, बेलायतले काबुल विमानस्थलमा जुनसुकै बेला हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई त्यहाँ नजान आग्रह गरेका हुन् । विदेशी सेनासँगै फर्किन चाहने अफगानीका कारण पछिल्ला दिनमा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । 

बिहीबार अस्ट्रेलियाका विदेशमन्त्री म्यारिस पेनीले विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम भएको बताए । अमेरिकी  विदेश मन्त्रालयले आफ्ना नागरिकलाई काबुल विमानस्थल छोड्न निर्देशन दिएको केही घन्टापछि पेनीको भनाइ आएको हो । 

त्यस्तै, बेलायतले पनि आफ्ना नागरिकलाई यस्तै सुझाब दिएको छ । विमानस्थलबाट सुरक्षित क्षेत्रतर्फ जान र सरकारको सुझाब मनन गर्न बेलायतको विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई अनुरोध गरेको छ । विमानस्थलको  सुरक्षा अवस्था निकै जोखिमपूर्ण रहेको मन्त्रालयले भनेको छ । तर, सुरक्षा जोखिमबारे यी तीनैवटा देशले थप विवरण उल्लेख गरेका छैनन् । 

हमलाको जोखिम बढेसँगै आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्य तीब्र पार्ने बताएका छन् ।  

तालिावनले सर्वसाधारण अफगानीलाई देश नछोड्न चेतावनी दिँदै आएका छन् । अहिलेसम्म ८२ हजारले काबुल विमानस्थल छाडिसकेका छन् । तालिवान र अमेरिकाबीच यसअघि भएको सहमतिअनुसार आगामी ३१ अगस्टभित्र अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छोड्नुपर्छ ।-एजेन्सी  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।