ताजा अपडेट »

उद्धारको प्रतिक्षामा १० हजार अफगानीहरु काबुल विमानस्थलमा

विहीबार, १० भदौ २०७८, ०६ : ३५

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अहिले १० हजार अफगानीहरु उद्धारको प्रतिक्षामा रहेका छन् ।अमेरिकाले विमानस्थलमा रहेका १० हजार अफगानीलाई बाहिर निकाल्ने प्रयासमा रहेको बताएको छ ।

अमेरिकी मेजर जनरल हैंक टेलरले अमेरिकाको धरैभन्दा धेरै अफगानीलाई काबुलबाट निकाल्ने योजनामा केन्द्रित रहेको बताएका छन् । उनले ४२ अमेरिकी सैनिक विमानले मंगलबाट मात्र ११ हार २०० अमेरिकी र ४८ सहयोगी देशका ७८०० नागरिकलाई अफगानिस्तानबाट बाहिर निकालेको बताए ।

उद्धारमा संलग्न विमानमा ३७ सी-१७ र ५ सी-१३० विमान रहेका छन्।उनले हरेक ३९ मिनेटमा काबुल विमानस्थलबाट एक विमानले उडान भरेको बताए अहिले विमान स्थलमा १० हजार मानिस उद्धारको- प्रतिक्षामा रहेको बताए ।अमेरिकाले ३१ अगस्तको समय सीमामानै अफगानिस्तान छोड्ने बताएको छ । त्यसअघि अतिसक्यो धेरै अफगानीलाई बाहिर निकाल्ने पनि अमेरिकाले बताएको छ ।

पेन्टागनका प्रवक्ताले अन्तिम दुई दिन आफ्ना सैनिक र सैन्यसाधन निकाल्न केन्द्रित हुने बताए ।तालिबानले पनि अगस्त ३१ सम्म विदेशी सैनिकले अफगानिस्तान नछोडेमा स्थिति नराम्रो हुने चेतावनी दिएको छ ।यसअघि अमेरिकी खुफिया एजेन्सीका निर्देशकले तालिबानी नेतालाई भेट गरेर समयसीमा बढाउने विषयमा वार्ता गरेपनि तालिबानले अस्वीकार गरेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।