१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक सधारण सभा सम्पन्न गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना जोखिमलाई मध्यनजर गर्दै शनिबार विद्युतीय/भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभा सम्पन्न गरेको हो ।

Advertisement

साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण (अनुसूची सहित) उपर छलफल गरि पारित गर्ने पनि निर्णय गरेको हो।

सभाले संस्थापन समूह (क) अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र वैंक बाहेकका वैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरि आपसी समझदारीबाट मनोनित वा निर्वाचित २ जना सञ्चालक चयन गर्ने निर्णय पनि पारित गरेको छ । यस्तै, सर्वसाधारण समूह (ख) अन्तरर्गतका शेयरधनीहरुमध्येवाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने निर्णय गरेको छ ।

यसैबीच, छैठौं साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने सञ्चालक समिति गठन गरिएको छ । जसको संस्थापक तर्फबाट अध्यक्षमा चण्डीप्रसाद घिमिरे रहेका छन् । यस्तै, संस्थापक सञ्चालकतर्फ सुदीप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल रहेका छन् । त्यसैगरि सर्वसाधारण तर्फ मनोजकुमार खड्का र भरतराज कोइराला रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम