ताजा अपडेट »

११५ वर्ष पुरानो रोपवे अलपत्र

सोमबार, ०७ भदौ २०७८, ०७ : २२
4 Shares

काठमाडौ। १ सय १५ वर्ष लामो इतिहास बोकेको हेटौँडा–काठमाडौँ रोपवे २३ वर्षदेखि अलपत्र परेको छ । दुई दशक अघिदेखि बेवारिसे हुँदा करोडौँको सामान काम नलाग्ने भएका छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा भीमफेदीको धोर्सिङदेखि मातातीर्थसम्म रोपवे सञ्चालन भएको थियो । २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावर हाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरी २०१६ सालबाट हेटौँडा–मातातीर्थ–टेकुसम्म रोपवे निर्माण गरी २०२० सालबाट सञ्चालन हुन थालेको थियो ।

२०५५ साल जेठसम्म रोपवेको दर्जनौँ डब्बाहरु हेटौँडा–काठमाडौँ आकाशमा गुडिरहेको देख्न सकिन्थ्यो । त्यसयता लगातार साढे तीन दशक हेटौँडादेखि काठमाडौँसम्म हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको विभिन्न स्थानबाट आकाशमा वर्षौँदेखि रोपवेको क्यारियल (डब्बा) हरु झुण्डिरहेको देख्न सक्छि । पृथ्वी राजमार्गबाट सहज यातायात सुविधा भएपछि राजनीतिक खिचातानीको कारण २०५५ सालबाट बन्द भएको हेटौँडाको इतिहास खोजकर्ता केदार न्यौपानेले बताए ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।