ताजा अपडेट »

ला लिगामा एटलेटिको म्याड्रिडको लगातार दोस्रो जित

सोमबार, ०७ भदौ २०७८, ०६ : ५७
6 Shares

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले लगातार दोस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एल्चेमाथि १-० गोल अन्तरको जित निकालेको हो ।एटलेटिकोको जितमा एंगल कोरियाले खेलको ३९औ मिनेटमा गरेको- गोल नै निर्णायक गोल बनेको थियो । 

यो जितपछि एटलेटिकोले नयाँ सिजनको शानदार शुरुवात गरेको छ । एटलेटिकोले पहिलो खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि एटलेटिकोको २ खेलमा ६ अंक भएको छ ।त्यस्तै एल्चेको भने एक बराबरी र एक हारसहित २ खेलमा एक अंक रहेको छ ।      

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।