ताजा अपडेट »

बराबरीमा रोकियो बार्सिलोना

आइतबार, ०६ भदौ २०७८, ०६ : ४४
6 Shares

बुटवल । मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।

खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।

खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । पहिलो हाफमा बार्सिलोनाका जेरार्ड पिके घाइते भएका थिए ।अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडा र भिल्लेरियाल र एस्पानियोलले पनि बराबरी खेलेका छन् । मायोर्काले भने आलाभेसलाई १–० गोलले हरायो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।