१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

रामपुर(पाल्पा): इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ। तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।

Advertisement

त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएकोे छ। जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन्। रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन् ।

विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुखको व्यवस्था नहुँदासम्म जिप्रकाले गत साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो ।

साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए। सेवाग्राहीको भीड बढेकाले जिप्रकाबाट प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ ।

अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नु परेको छ। आउँदो भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन सङ्कलन भइसकेको कार्यालयले जनाएको छ ।

नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको पाइएको छ। टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताइन्। “पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,” उनले भनिन् ।

नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १,२,३,४,५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाती प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि नागरिकता बनाएका छन् । नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनु पर्दा समय लागेकाले कार्यालयमा दैनिक भिड हुने गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू