ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाको किचलो छिटो समाधान गर्न कानूनविदको जोड

शनिबार, ०५ भदौ २०७८, १७ : ०४
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानूनविद्हरुले सभामूखलाई सुझाव दिएका छन् । उनीहरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् ।

अधिवक्ता तथा कानून व्यवसायी महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपासंग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसाबले र सहमतीका बुँदाका हिसावले स्वतन्त्र रहेको दाबी गरे । उनले स्वतन्त्र हैसियतबाट उठेकाले एमालेसंग कुनै नाता र साईनो नभएकाले व्यवहारीक तथा कानूनी हिसाबले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताउँछन् ।

अर्का कानूननिद् नगेन्द्र बस्यालले भने अजय शाहीले सुर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्न स्वभाविक रहेको दाबी गरे । उनले स्वतन्त्र भनिएपनि एमालेको सुर्य चिन्हबाट चुनाव जितेको हुँदा स्वतन्त्र भन्न नपाउने दाबी गरे । एमालेले आवश्यक क्रियाकलाप पूरा गरि संसद सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल वारपार गर्नुपर्ने धारणा उनको धारणा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।