ताजा अपडेट »

लुम्बिनीमा दुई सांसदलाई कारबाही नहुँदासम्म संसद चल्न नदिने एमाले अडान

शनिबार, ०५ भदौ २०७८, १५ : ४८

बुटवल । नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत् नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताएको छ । एमाले लुम्बिनीका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा विधि र कानून सम्वत् नचलेसम्म बैठक अवरुद्ध भइरहेने बताएका हुन् ।

‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि प्रदेश प्रमुखले राजनीतिक पुर्वाग्रह राख्दै कार्वाही नहुनु विधि सम्वत छैन ।’–श्रेष्ठले भने, ‘हाम्रा सांसदलाई कार्वाही नहुँदासम्म संसद अवरुद्ध गर्छौं ।’ प्रदेश सांसद अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै उनले एमाले सरकार बाहिरीए पछि गठबन्धनको सहयताले स्वतन्त्रको नाम जप्दै हिड्नु गलत रहेको दाबी गरे । रिपोटर्स क्लब लम्बिनीले बुटवलमा आयोजना गरेको साक्षत्कारमा श्रेष्ठले यस्तो बताएका हुन् ।

एमालेको चुनाव चिन्ह लिएर नवलपरासीबाट चुनाव जितेका सांसद अजय शाहीले भने आफू स्वतन्त्र भएको दाबी गरेका छन् । ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन केवल चुनावी सम्झौता मात्रै थियो ।’–उनको भनाई छ ।

शाहीलाई नेपाली काँग्रेस, नेकपा एमाले तथा जनता सामाजवादी पार्टी जसपा गठबन्धनले मन्त्री बनाएको छ । नेकपा एमालले कारबाहीका लागि रिफारिस गरेकी अर्का सांसद विमला ओलीले पनि एमालेको चुनाव चिन्ह सुर्यबाट चिर्वाचन जितेकी थिइन् । उनलाई पनि गठबन्धन दलले मन्त्री बनाउने तयारी गरेको छ । विभिन्न समयमा दल अदलबदलको आरोप खेपी रहेकी विमलाको केही दिन अघि सामाजिक सञ्चालमा सार्वजनिक भएको चुम्बनको तस्विरले चर्चा पाएको थियो । उक्त विषयलाई लिएर सांसद ओलीले आफूलाई फसाउन खोजिएको आरोप लगाएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।