१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको प्रभाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ ।

समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडाउन कायमै रहने भएको छ । कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ । सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ । न्यू साउथ वेल्स प्रदेशभर पछिल्लो २४ घण्टामा मात्रै ६४४ जना नयाँ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकै बेला लकडाउनको समयावधि थप्ने निर्णय भएको हो । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड