२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

झापा । अध्ययन तथा सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधका कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७ लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ती समूहका २६१ जना अर्थात् ८५ प्रतिशत छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा (दश जोड दुई) र उच्च शिक्षा अध्ययन गरिरहेका हुने गरेको बताए । कुलतमा फसेपछि उनीहरुको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउपर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उनले बताए ।

Advertisement

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ । जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ । कोभिड–१९ को महामारीमा नाकाबन्द भएका अवस्थामा समेत लागुऔषधको कारोवार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७/७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक आठ प्रतिशत छन् ।

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।आव २०७७/७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६/०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७/०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । बीस प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूल नाका बन्द भएका अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागुऔषध लुकाइछिपाइ भ्यिाउने गरेका छन् । लागुऔषध ओसारपसार र बिक्रीका लागि यसमा संलग्न व्यक्तिले चिकित्सकको सिफारिसको बहानासमेत गरेको पाइएको छ । पक्राउ परेकाको बयानका आधारमा २२ प्रतिशतले चिकित्सकको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालू आवका गत साउन महिनामा मात्र २१ लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ३१ अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् । पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागुऔषधको कुलतमा फस्नु चिन्ताका विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न विगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेका अवस्थामा युवा कुलतमा फस्न थालेको पाइएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले समानुपातिक सांसदको टुंगो भोलि लगाउने ‘लैंगिक हिंसा न्यूनिकरणमा जिम्मेवार बन्दै सबै पक्ष संवेदनशिल बनौं’ कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि