१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डी.पी.) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा रहेको छ ।

Advertisement

परियोजनाले यसअघि नैं किसानहरुलाई विभिन्न कृषि उपकरण सहयोग गरेकोमा पछिल्लो पटक धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिनहरु सहयोग गरेको हो । किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरणहरु सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लो पटक परियोजनाले वडा नं. ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं. १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं. १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामाग्री हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेकोले परियोजना अन्तर्गत् किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए । तिलोत्तमा नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख घिमिरेले नगरपालिकाले अघि सारेका कार्यक्रमबाट लाभ उठाउन किसानलाई आग्रह गरे ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले उपलब्ध गराइएका कृषि उपकरणको सदुपयोग गरेर उत्पादन क्षमता बढाइनुपर्नेमा जोड दिँदै नगरपालिकाले किसानको हीतका लागि विभिन्न कार्यक्रम सञ्चान गरेको बताइन । यु.एन.डी.पी. का लुम्बिनी तथा गण्डकी प्रमुख सुदीप अर्यालले किसानको आवश्यकता र प्रयोगको औचित्यका आधारमा नगरपालिकाको समन्वयमा अन्य किसानलाई समेत कृषि उपकरणमा सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारिन। कृषि उपकरण हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, सहकारीकी अध्यक्ष सीता न्यौपाने, व्यवस्थापक जमुना गिरीलगायतले परियोजना अन्तर्गत् भएका कामहरुको बारेमा जानकारी गराईन।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न तिलोत्तमा नगरपालिकामा गत वर्षदेखि व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत् गत वर्ष झण्डै ६५ बिगाहामा बीज वृद्धिको लागि आलु खेती गरिएको थियो । उत्पादित आलु यो वर्ष बीउको रुपमा प्रयोग गर्नेगरी शीतभण्डारमा राखिएको छ । परियोजनामार्फत् तिलोत्तमा नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाइने नगर प्रमुख बासुदेव घिमिरेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा