ताजा अपडेट »

नवनियुक्त मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण, मन्त्रिपरिषदको पहिलो बैठक बस्दै

विहीबार, २८ साउन २०७८, १९ : १४
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथसँगै पदभार ग्रहण गरेका छन्। केसीले बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

यसअघि, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा एक समारोहको आयोजना गरी प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

मन्त्रीपरिषदको पहिलो बैठक बस्दै

नवनियुक्त मुख्यमन्त्री केसी नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठक बस्दै छ । उनको क्याबिनेटमा नेपाली कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री, सुर्य चिन्हमा चुनाव जीतेका अजय शाही, जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा रहेका छन् ।

https://www.globalaawaj.com/archives/128830
https://www.globalaawaj.com/archives/128774
https://www.globalaawaj.com/archives/128723
https://www.globalaawaj.com/archives/128756
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।