१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बेइजिङ । चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ । मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो ।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ । यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ ।

चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ । यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने पुरुषहरू धेरै काम गर्छन् तर, महिलाहरूलाई फुर्सद कम हुन्छ निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर हुने सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु दक्षिण कोरियामा एकैदिन एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित