५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

पोखरा । (कास्की)पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ । राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक ९खैरे० देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ ।

Advertisement

कोभिड(१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको छ । बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवद्र्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम गरिएको थियो ।

कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसङ्केतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

पर्यटनका लागि खोपको सुनिश्चितता

पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान सुरु गरिएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए ।

पर्यटन व्यवसायी, मजदुर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । “पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,” बोर्ड सदस्य पौडेलले भने ।

सुनसान लेकसाइड

विशाल छाती भएको पोखराको सान फेवाताल शान्त छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूणर् लगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् । तालमा दुबुल्की मार्ने ढुङ्गा किनारामा थन्क्याइएका छन् । वर्षायाम भएकाले फेवाताल भरिएको छ । तालको रौनकता बढेको छ तर तालमाथि तैरिने त्यो मानिसको भीड अहिले देखिँदैन ।

लेकसाइडको सडकमा सवारी साधनबाहेक सडक किनारका केही पसल मात्र खुलेका देखिन्छन् । धेरैजसो सटर बन्द छन् । ती सटर पदयात्रा तथा पर्यटकीय सामग्रीका हुन् । हो यतिखेर पोखराको परिवेश यस्तै छ । विदेशी पर्यटकले भरिभराउ पोखराका अधिकांश होटेलमा पाहुना छैनन् । आन्तरिक पर्यटक फाट्टफुट्ट मात्रामा भेटिन्छन् । उनीहरुलाई पर्यटक पाउनेभन्दा पनि करोडौँका सामान बिग्रिने हुन् कि भन्ने चिन्ता छ । पोखराकै व्यस्त होटेलमध्येको बाराही होटेल यस्तै अवस्थामा छ । प्रसिद्ध फूलबारी रिसोर्टमा पाहुना पुग्दैनन् । अन्य चर्चित होटेलको अवस्था पनि उस्तै छ । रेष्टुराँ खाली छन् । क्लब बार सुनसान । होटेल मात्र हैन पदयात्रा तथा पर्यटनका अन्य व्यवसाय पनि सुनसान देखिन्छ ।

त्रासमा व्यवसायी

महामारीको दोस्रो लहरले पुनः व्यवसायी झस्किए । तैपनि दोस्रो लहरपछि पर्यटनले गति लिनेमा व्यवसायीको विश्वास कायमै रह्या तर महामारीको पछिल्लो तेस्रो लहरको पूर्ववत् सङ्केत र पछिल्ला दिनमा कोभिडका सङ्क्रमित बढेसँगै फेरि पनि व्यवसायी हतोत्सायी छन् । कतिपयलाई त पेसाबाटै विमुख होइने हो कि भन्ने चिन्ता छ । केहीले नयाँ विकल्प पनि शुरु गरिसकेका छन् । जग्गा तथा भवन भाडामा लिएर करोडौँ लगानी गरेका होटेल व्यवसायी लगानी उठ्नेभन्दा व्यवसाय नै धरापमा पर्ने होकि भन्ने चिन्ता बढेको छ । पोखराका होटेलमा दुई हजार पाँच सय शय्या छन् ।

साहसिक गतिविधि पनि सुस्त

चर्चित साराङकोटस्थित ‘हाइग्राउन्ड एडभेन्चर’ पोखराको महत्वपूणर् साहसिक पर्यटकीय गन्तव्य हो । पोखरा पुग्ने पर्यटक साराङकोटबाट जिपलाइनको मजा लिन नपुग्ने विरलै हुन्छन् तर अहिले यो क्षेत्रमा पनि पर्यटक भेटिँदैनन् । सिजनमा दैनिक ७० जनासम्मले जिपलाइन र त्यत्ति नै सङ्ख्यामा बञ्जी जम्प गर्ने भए पनि अहिले मुस्किलले दुईरचारजनाले मात्रै सेवा लिएका छन् । हाइग्राउन्ड एडभेन्चर नेपाल प्रालिका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले अपेक्षित मात्रामा पर्यटक आउन नसकेको बताउनुभयो । कम्पनी कोभिडको दोस्रो लहरपछि दुई साताअघि मात्रै सञ्चालमा आएको थियो ।

कति छ लगानी

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार दुई सय ९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ एक सयजना व्यवसायी आबद्ध छन् । यसमा एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सीतर्फ एक सय ५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सीतर्फ एक सय ८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ । अन्य पर्यटकीय पूर्वाधारमा पनि करोडौँ लगानी छ ।

यी हुन् पोखराका आकर्षण

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । माछापुच्छे्र हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीस्थित मल्लकालीन कोटभैरव जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीच भाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमन करिब ८० प्रतिशतले गिरावट आयो । यो वर्ष पनि पर्यटक आगमन दर सुधारोन्मुख छैन । पर्यटन बोर्डको तथ्याङ्क सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

क्षेत्रीय उडानले रौनकता

पोखराको पर्यटनलाई लक्षित गर्दै वायुसेवा कम्पनीले क्षेत्रीय उडान सञ्चालन गरिरहेका छन् । विशेषगरी छिमेकी मुलुक भारतको सीमा क्षेत्रबाट भारतीय पर्यटकलाई आकर्षण गर्न बुद्ध एयरले पोखराबाट नेपालगञ्ज, भैरहवा र भरतपुर उडान गरिरहेको छ । क्षेत्रीय उडानबाट पनि पर्यटक उल्लेख्य मात्रामा आउन नसकेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए । पोखरामा दैनिक दुई हजार जति हवाई यात्रु आवतजावत गर्ने गरेका छन् । काठमाडौँ(पोखरा गन्तव्यमा बुद्ध एयरले मात्रै दैनिक नौ उडान गरिरहेको छ । -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव