१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी शुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन । उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन् । जसले गर्दा उनको परिवार पनि तनावमा रहनुपर्छ । अनलाइन क्लासको बहानामा बालबालिका एक्लिदै गएका र उनीहरुको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् । 

Advertisement

“अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ”, बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भने । “बिहान उठ्नसाथ मोबाइल नहेरी अरु कुनै काम गर्न मान्दैनन्”, बेनी नगरपालिका– ४ सिगाका अभिभावक  मोहन पौडेलले भने,“न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरु कोही पनि चाहिदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य रु”, पौडेलले चिन्ता व्यक्त गरे।

पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन् । अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११-१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ ।

“बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरेंँ, अनलाइन क्लासमा ज्वाइन नै नभइ, पब्जी र अरु नानाभाँतिका खेल पो हेर्दोरहेछ”, बेनीका अभिाभवक सुमन सापकोटाले भने, “त्यसपछि सम्भाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो ।”म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन् । कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन् । तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ । 

शुरु शुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनाबमा छन् । पछिल्लो समय अभिभावकको  मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ?ज्यामरुककोटकी लक्ष्मी सुवेदीले  छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्थे । विस्तारै विस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो । अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाई नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाइन् ।

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ । पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक  डा मीना शाक्यले बताइन् । मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता