ताजा अपडेट »

जन्मोत्सवको अवसरमा आश्रममा विशेष समारोह

आइतबार, २६ साउन २०७६, ०० : २६
34 Shares


साउन २५,
ग्लोबल आवाज
बुटवल । नेपाल मानव धर्म सेवा समिति अन्र्तगत श्री हंसयोग आश्रम बुटवलकी माता अमृताको जन्मोत्सवमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । माताको जन्मदिनको अवसरमा शनिबार विशेष समारोहका बीच विभिन्न कार्यक्रमहरु गरी मनाइएको आश्रमले जनाएको छ । समारोहमा आश्रम मातहतका बालबालिकाले विशेष धार्मिक सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले विभिन्न धार्मिक संगितमा नृत्य प्रस्तुुत गरेका थिए ।

त्यसैगरी युवा संगठनले भजन किर्तन गर्नुका साथै मिशन एजुकेशन अन्तर्गत कापी जम्मा गरेका थिए । आश्रमकी प्रमुख महात्मा चाँदना बाईजीको अध्यक्षतामा भएको समारोहमा ३ सय बढीको सहभागिता रहेको थियो । सो अवसरमा बाइजीले धार्मिक प्रवचन गरेकी थिइन् । शनिबार दिनभर सञ्चालित जन्मोत्सवको अवसरमा आयोजित समारोहको सञ्चालन आश्रम अन्तर्गत रहेको युवा संगठनकी शित्तल गौतमले सञ्चालन गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।