ताजा अपडेट »

'रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार' पौडेललाई

शनिबार, १६ साउन २०७८, ०९ : ५२
14 Shares
शनिबार, १६ साउन २०७८
14 Shares

भैरहवा । ‘रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’बाट पत्रकार प्रतिक पौडेल सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट रोटरी गतिविधिलाई समाजमा पुर्याएको भन्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले उनलाई शुक्रबार नगद १२ हजार ३ सय ४५ रुपैयाँ सहित सम्मान गरेको हो । पौडेललाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका वर्ष २०२०–२०२१ का अध्यक्ष प्रकाश पोखरेलले नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

क्लवका बर्ष २०२०–२०२१ का अध्यक्ष प्रकाश पोखरेलले ‘रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’ यसै वर्षदेखि प्रत्येक वर्ष दिने गरी पुरस्कारको स्थापना गरेका हुन् । पोखरेलका अनुसार रोटरीले गर्ने सामाजिक कार्यहरुको विषयमा कलम चलाउने पत्रकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने सोचका साथ आफ्नो कार्यकालमा पत्रकारिता पुरस्कारको स्थापना गरिएको क्लबले जनाएको छ ।

पत्रकार पौडेल जनता टेलिभिजन एचडीका लुम्बिनी प्रदेश ब्युरो प्रमुख र खोजपात्रो डट कमका कार्यकारी सम्पादक हुन् । उनी समता टेलिभिजन एचडीमा पनि कार्यरत रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।