ताजा अपडेट »

मदन पुरस्कारका लागि ९ पुस्तक छनाेट

शुक्रबार, १५ साउन २०७८, १७ : ०९
4 Shares

बुटवल । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि निम्न ९ पुस्तकहरू छनौट गरेको छ। गुठीलाई प्राप्त २ सय २२ पुस्तकहरु आएपनि ९ वटा मात्रै छनाेट गरिएकाे गुठिले जनाएकाे छ ।

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो। छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिईनेछ।

छनौट भएका पुस्तकहरूमा एकलव्यको देब्रे हात,‍ करिया, कल्प–ग्रन्थ,नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२० रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।