१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ । दुई वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी शुरु भएपछि एकाएक चर्चामा आएको हो । कोरोना प्रकोप शुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढाटाढा जान सक्ने वातावरण नहुँदा नजिकका सम्भावित स्थलको खोजी हुने क्रममा कोप्रे झरनाको पहिचान भएको हो ।

Advertisement

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएका बेनी नगरपालिका– २ बगरफाँटको दुधेखोलानजिक रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । यो झरना विशेषगरी युवायुवतीको आकर्षक स्थलका रुपमा विकसित हुँदै गएको छ । कोरोना सङ्क्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाबाट तनावग्रस्त भएका युवायुवतीलाई तनावमुक्त गराउने स्थानको रुपमा यो झरना उत्कृष्ट बन्दै गएको छ ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्ने गर्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् ।

उनका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी, व्यापारीलगायत व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन् । विशेषगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेको र यहाँ आएर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन् । यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको सङ्ख्या ह्वातै बढेको छ ।

बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताईन् । “झरनाको पानीले पानी पानी बनायो, खुब मज्जा आयो”, उनले भनिन। रोका मात्रै होइन, दैनिक एक सय भन्दा बढी युवायुवती यहाँ आएर फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन् । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् ।

भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको अनुभव छ । कोपे्र झरनामा कतिपय युवायुवती टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् । यस झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु