१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

गण्डकी । कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् । वैदेशिक रोजगारको सिलसिलामा १० वर्ष क्यानाडामा बिताएका पोखरा–१६ अर्मला टारीबिसौनाका शङ्कर गुरुङले यतिखेर निजी जग्गामा टिमुर, अलैँची, कफी, एभोकाडो र किवीलगायतका जडीबुटी एवं फलफूल रोप्न व्यस्त छन् ।

Advertisement

दशवर्षे विदेशको बसाइले उनमा स्वदेशमा नै केही गर्नुपर्दछ भन्ने पाठ सिकायो नै, गरे के हुँदैन भन्ने सन्देश पनि दिन खोजेको छ । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाँडी रहेको सात रोपनी जग्गामा नगदे बालीका बिरुवा रोपेको उनका भनाइ छ । उनका अनुसार एक दशकदेखि बाँझिएको जग्गामा टिमुरका १५०, अलैँचीलगायत कफी, किवी, एभोकाडो, अम्बा, कागतीलगायत विभिन्न जातका एक हजारभन्दा बढी बिरुवा रोपेको बताए । परीक्षणका रूपमा लगाइएको बिरुवाले दिने उत्पादनका आधारमा बाँकी जग्गामा पनि अन्य आयआर्जन गर्न सकिने नवीनतम प्रजातिका फलफूलका बिरुवा लगाउने सोचमा रहेको उनले बताए ।

क्यानाडाबाट स्वदेश फर्केपछि पर्यटकीयस्थल पोखराको लेकसाइडमा होटल व्यवसाय सञ्चालन गर्दै आएका उनी भन्छन्, “कोभिडको कारण पर्यटन व्यवसायसमेत ठप्प भएपछि गाउँ फर्केर कृषि कर्ममा लाग्न मन जागेको हो ।” वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष कतारमा बिताएर स्वदेश फर्किएका अर्मलाकै अर्का युवा किरण गुरुङले आप्mनो लगभग सात रोपनी जग्गामा विभिन्न फलफूलका बिरुवा रोपेका छन् । विदेशबाट फर्केसँगै पोखराको पर्यटकीयस्थल चमेरे गुफामा कोल्डस्टोर्स पसल सञ्चालन गरेका उनले तीन हजार ५०० अलैँची, १५० कफी, ६० टिमुर, २० एभोकाडो र १५ वटा कागतीका बिरुवा रोपेका हुन् । हुर्केका बिभिन्न प्रजातिका रुखमा औषधीय गुण भएको मरिचका बिरुवा लगाउने तयारी गरेको उनको भनाइ छ ।

उनीहरू त प्रतिनिधि पात्र हुन्, उहाँहरूजस्ता यस क्षेत्रका धेरै विदेशबाट फर्केका युवालगायत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ ४० घरपरिवारले ५०० रोपनी जग्गामा कृषि वनको अवधारणा अपनाएका छन् । डिभिजन वन कार्यालयद्वारा राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत निःशुल्करूपमा आवश्यक बिरुवा र खाल्टा खन्नका लागि समेत रकम उपलब्ध गराएपछि बाँझिएको जग्गाको उपयोग गर्दै आयआर्जनका लागि विभिन्न जातका बिरुवा रोप्ने प्रेरणा उनीहरूमा जागेको हो ।

अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानअन्तर्गत हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकाडो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिणाममा राइखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले जानकारी दिए ।

कुरबाट डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका बिरुवा क्रमिक रोप्दै आएको बताउँदै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य रहेको कृषि वन समूहका सचिव जीतबहादुर बस्नेतले जानकारी दिए ।कृषि वन प्रवद्र्दनमा युवा वर्गले देखाएको उत्साहलाई जीवित राख्न आवश्यक तालिम तथा बजारीकरणमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उनको जोड छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ, के आउला अन्तिम फैसला ?