२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

दमासकस । इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन् । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

Advertisement

सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ । यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ । बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा हमला गरेको सिरियाली सरकारी समाचार समिति सानाले जनाएको छ ।

बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो । तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । -सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

जनप्रतिनिधि आएको आठ महिनासम्म लालपुर्जा वितरण नभएपछि बर्दिवासवासी चिन्तित मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक