ताजा अपडेट »

अत्याधिक कर लगाउने ऐन ल्याउन थालेको भन्दै महासंघको ध्यानाकर्षण

बुधबार, १५ साउन २०७६, १६ : ५८
6 Shares

सामुदायिक वनको मर्म विपरित गए आन्दोलनमा जाने चेतावनी


साउन १५,
ग्लोबल आवाज
बुटवल । सरकारले सामुदायिक वन सम्बन्धि पारित गर्न लागेका विभिन्न विधेयकहरुमा असहमति जनाउँदै सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले जिल्ला प्रशासन कार्यलाय रुपन्देहीमार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । एकै किसिमका कर विभिन्न तहहरु संघ, प्रदेश र स्थानीय सरकारलाई तिर्नुपर्ने व्यवस्थाको विरोध तथा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र सो सम्बन्धि प्रदेश मार्फत प्रस्तावित विधेयकहरुमा पनि महासंघले असहमति तथा ध्यानाकर्षण गराएको हो ।

संघीय भावनालाई प्रतिकुल असर पार्ने गरी विभिन्न बहानामा सामुदायिक वनहरुलाई करको भार थोपरिएको भन्दै महासंघ केन्द्रीय सचिव ठाकुर भण्डारीले ध्यानाकषर्ण गर्न सरकारलाई आग्रह गरे। कारोबारको १३ प्रतिशत, उपभोक्तामा बचत रकमको २५ प्रतिशत तथा साल, खयर काठ बिक्रिको १५ प्रतिशत कर बुझाउनु पर्ने संघीय सरकारको कानूनी व्यवस्थाले सामुदायिक वन आर्थिक बोझमा परिरहेकै बेला प्रत्येक स्थानीय निकायले थप १० प्रतिशत कर असुल गर्न पाउने व्यवस्थाले सामुदायिक वनहरु मर्कामा परेको उनले बताए ।


हालै प्रदेश ३ सरकारले थप २५ प्रतिशत कर तथा २ प्रतिशत सेवा शुल्क लिने निर्णय गरेको जानकारी गराए । भण्डारीले विभिन्न बहानामा थप गरिएका समग्र कर ९० प्रतिशत हुन आउने बताउँदै निर्णय तत्काल सुधार नगरे सडक आन्दोलन गर्न समेत बाध्य हुने चेतावनी दिए । हाल नेपालमा महासंघ अन्तरगत २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूहहरुमा ६० हजार घरधुरी सहभागि रहेको र करिव १ करोड ४० लाख जनता लाभाम्वित रहेको बताउँदै सरोकारवालाले समयमै आफ्ना मागहरुको उचित सम्बोधन गरी ऐनमा भएका कुराहरुलाई नसुधारे कडा अन्दोलनमा जाने महासंघ रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।