१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

दाङ । दाङ प्रहरीले लागुऔषध कारोवार गरीरहेको आरोपमा तुलसीपुरका एक मेडिकल संचालकसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एंव डिएसपी मुकुन्द रिजालका अनुसार तुलसीपुर ६ हात्तिखौवाचोक स्थित अनमोल आयुर्वेदिक मेडिकलका संचालक रुपेश शर्मा, तुलसीपुर ६ बरुवागाउँ बस्ने सरोजकुमार भारती र वडा नम्वर ५ बस्ने सोनाम योगीलाई आईतवार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु मध्ये मेडिकल संचालक शर्माले लागु औषध मनोदिप औषधी NITRAVET-10 विक्रि वितरण गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले NITRAVET-10 लेखेको ११३ वटा ट्यावलेटसहित नगद १६ हजार रुपैया बरामद गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।शर्मालाई आईतवार बेलुकी साढे सात बजे पक्राउ गरिएको हो ।

यस्तैगरी अन्य दुई जनालाई तुलसीपुर ५ प्रगतिशिल टोल स्थित लागुऔषध ब्राउन सुगर खरिद गरी हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले आईतवार दिउँसो तिन बजे पक्राउ गरेको उनले बताए । उनीहरुको साथबाट १९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरिएको छ । उनीहरुलाई विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले छुट्टाछुटु्टै ठाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका