ताजा अपडेट »

वृहत दिर्घकालिन गुरु योजना बनाउँदै सियारी

विहीबार, ०९ साउन २०७६, १५ : ०५
10 Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित बिज्ञहरुको सहभागितामा राष्ट्रिय गोष्ठी

साउन ९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सियारी गाँउपालिकाले राष्ट्रले तय गरेको तिब्र आर्थिक विकास, शान्ति, समृद्धि र समाजबादको लक्ष्य प्राप्त गर्ने उद्देश्य सहितको दिर्घकालिन बृहत गुरुयोजना बनाउँदै छ । स्थानीय श्रोत साधनको उपयोग, औद्योगिक क्षेत्रको विकास, शिक्षा स्वास्थ्य रोजगारको समुचित अवसरको सिर्जना, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा मुलुककै अग्रणी स्थानीह तह बन्ने महत्वाकांक्षी योजना अघि सारिएको छ ।

सियारी गापाको दिर्घकालिन बृहत गुरुयोजना निर्माणका लागि सर्जुगन्जमा आयोजित राष्ट्रिय गोष्ठीमा सहभागी हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले स्थानीय तहमा प्राथमिकताका आधार र बिषयहरु पहिचान गरि गुरुयोजना बनाउनु पर्ने बताए । स्थानीय सरकारले प्रदान गर्ने सेवा जनमुखी र पारदर्शी हुनुपर्ने कुरामा कुरामा जोड दिँदै उपाध्यक्ष कंडेलले गुरुयोजना निर्माण गर्दा राष्ट्रिय योजना आयोगले अंगिकार गरेको दिगो बिकासको लक्षलाई पनि सघाउ पुग्ने आधार गर्न सुझाव दिए ।

संघिय संसद्का सभासद् घनश्याम भुसालले शान्ति, समृद्धि र समाजको मार्गलाई प्रसस्त गर्न स्थानिय तहको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै मुलुकले तय गरेको दिशामा अघि बढ्न टेवा पुराउने खालका योजना बनाउनु पर्ने बताए । सबैको सत्प्रयासबाट नै मुलुकले समृद्धिको यात्रामा सफलता प्राप्त गर्नसक्ने कुरा उल्लेख गर्दै उनले योजना तर्जूमा र त्यसको कार्यान्वयनलाई प्रमुख कार्यदिशा बनाउन आग्रह गरे ।

प्रशासकीय अदालतका प्रमुख न्यायधिश काशीराज दाहालले संघियता र सुशासन एक अर्काका परिपुरक भएको चर्चा गर्दै स्थानीय तहमा जनप्रतिनिधीहरुले पारदर्शीता, सुशासन र कर्मचारीमा ब्यवसायिकता स्थापना गर्न हरदम तत्पर हुनुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रमका संयोजक एवं बरिष्ठ गुरुयोजनाविद् डा. खेटराज दाहालले कृषि, पर्यटन, सहकारी लगाएतको बिकास गरि सियारीलाई नमुना गाउपालिका बनाउन सकिने धारणा ब्यक्त गरे ।

सो अवसरमा सियारी गाँउपालिका अध्यक्ष अयोध्या प्रसाद चौधरीले संघीयता र सुशासनप्रति प्रतिबद्धता ब्यक्त गर्दै कृषि, पर्यटन, स्वास्थ्य, सहकारी, विकास निर्माण र माछापालन लगाएतका बिषयमा बिभिन्न योजना निर्माण गरि अघि बढेकोले समृद्धिको लक्ष प्राप्त गर्न संभव रहेको बताए । सो अवसरमा बिभिन्न १० जना बिज्ञहरुबाट सियारीको बिविध पक्षहरुका बारेमा भिन्नभिन्न कार्यपत्रहरु समेत प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।