ताजा अपडेट »

प्रहरीलाई देखेर फालेको झोलामा ८ लाख रुपैयाँ

आइतबार, ३० जेठ २०७८, ०७ : २०
12 Shares

महोत्तरी । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो ।

शनिबार गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिलाई जाँच गर्ने क्रममा एक जनाले आफूले बोकेको झोला फालेर हिँडेका थिए ।

झोलामा हेर्दा उक्त रकम भेटाएको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । अहिले प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।