ताजा अपडेट »

मालपोतका कर्मचारीमा कोरोना , सेवा भने निरन्तर

सोमबार, ०६ बैशाख २०७८, ०८ : १२
2 Shares

परासी । मालपोत कार्यालय परासीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका निमित्त प्रमुख बेल प्रसाद भण्डारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपनि आवश्यक सावधानीसहित कार्यालय नियमित संञ्चालनमा आउने बताए । तर, आइतबार भने दिनभर मालपोतमा काम हुन सकेन ।मालपोत कार्यालयले ईन्टरनेट र अनलाईनमा आएको समस्या कारण काम हुन नसकेपछि आइतबारका लागि सूचना टाँस गरेर सेवा स्थगित गरिएको जानकारी गराएको थियो । आजबाट भने समस्या समाधान भईसकेकाले सेवा नियमित संञ्चालनमा आउने छ ।

बढि भिडभाड हुने मालपोत कार्यालयमा एक जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जोखिम बढेको छ । मालपोत कार्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्ने गरिएको छैन । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम बढेको छ । नयाँ संक्रमित भेटिने र कोरोनाकै कारण मृत्यु हुने क्रम चलिरहेको छ । पश्चिम नवलपरासीमा हाल सम्म १४ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।