६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

नवलपरासी । स्थानीय निकायहरुले जग्गाको व्यवस्था गर्न नसक्दा शव व्यवस्थापनमा समस्या देखिएको छ । ७ स्थानीय तहहरुले अहिलेसम्म शव व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्न सकेका छैनन् । जसका कारण होम क्वारेन्टाइनमा रहेका संक्रमितको मृत्यु भएपछि व्यवस्थापनमा लामो समय लाग्ने गरेको छ ।

शनिबार राति मृत्यु भएकी रामग्राम नगरपालिका–३ की ७१ वर्षीया वृद्धाको शव व्यवस्थापन १६ घण्टापछि मात्र भएको थियो । शव व्यवस्थापनका लागि उचित स्थानको खोजी नगर्दा खोला छेउ र जंगल क्षेत्रमा शव लैजाने क्रममा स्थानीयहरुले बिरोध गर्ने गरेका छन् । जसका कारण हतारमा शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । यसैबीच जिल्लामा शव बहान नहुँदा मृत्यु भएका संक्रमितहरुलाई एम्बुलेन्समा राखेर लैजानु पर्ने अर्को बाध्यता छ ।

संक्रमितको संख्या बढ्दै गएपनि स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन बनाउने तर्फ ध्यान दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रले आफू भर्खरै सरुवा भएर आएकाले केही दिनमा जग्गा व्यवस्थापन र आइसोलेसनका लागि स्थानीय तहका प्रमुखहरुसँग बसेर छलफल गर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार