ताजा अपडेट »

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

मंगलबार, ०८ माघ २०७५, १५ : ४५
4 Shares

माघ ८,

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट  ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।