ताजा अपडेट »

पदमुक्त भएका बादल फेरि गृहमन्त्री, आज सपथग्रहण

आइतबार, ०५ बैशाख २०७८, १३ : ५९
4 Shares

काठमाडौँ । राष्ट्रिय सभाको सांसद पद र गृहमन्त्री गुमाएका रामबहादुर थापा बादलले गृहमन्त्रीको रुपमा पुनर्नियुक्ति पाउने भएका छन्। नेकपा माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका उनलाई माओवादी केन्द्रले कारवाही गर्दै पार्टीबाट निष्काशित गरेको पत्र संसद सचिवालयमा पठाएपछि उनको सांसद पद रिक्त भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै गृहमन्त्रीको रुपमा पद साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने तयारी भएको हो । संवैधानिक व्यवस्थाअनुसार थापा सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउनेछन् ।

यसअघि माओवादीले एमालेमा लागेर मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाईसमेत सांसद पदबाट मुक्त गरिसकेको छ ।

https://www.globalaawaj.com/archives/99526
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।