ताजा अपडेट »

आईपीएलमा मुम्बईको दोस्रो जित, हैदराबाद १३ रनले पराजित

आइतबार, ०५ बैशाख २०७८, १० : ३६
8 Shares

बुटवल । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ ।

हैदराबादलाई हराउँदै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।हैदराबादका लागि जोनी बेयास्र्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रन, विजय शंकर २८ र विराट सिंहले ११ रन जोडे ।

हैदराबादका अरु ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए । चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बईका क्विन्टन डी ककले ४० तथा केइरन पोलार्डले अविजित ३५ रन बनाए । हैदराबादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ३ खेलमा ४ अङ्क जोडेको छ ।हैदराबादको यो लगातार तेस्रो हार हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।