ताजा अपडेट »

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगे स्थानीय

आइतबार, ०५ बैशाख २०७८, ०८ : २३
24 Shares

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारीमा लागेका छन्। शनिबार बिहानदेखि आएका स्थानियलाई प्रशासनकोसहयोगमा प्रहरीले दिउँसो २ बजेसम्म लगाएर हटाएको थियो । तर गयरातिदेखी पुन सयौंको संख्यामा पुगेर आफुहरु जग्गा पाईन्छ भनेर आएको यमकुमारी गाहले बताइन् । मजदुरी गर्ने क्रममा सुनेर आएको उनिहरुले प्रतिक्रिया दिए । कसले बोलायो भन्ने बिषयमाकेही नबोली सुनेर आएको उनिहरुको भनाई छ ।

यता बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई भने यो विषयमा कुनै जानकारी नै नभएको तर्क गर्छन्। उनले सत्यतथ्य छानबिन गरिने बताए । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताउँछन् । उनले भने " हामीले हिजो बिहान आएर कब्जा गर्दैछन भन्ने थाहा पाएर प्रशासनलाई खबर गर्यौ प्रशासनले सम्झाईबुझाई गरि फर्कायो, फेरि रातिदेखी आएर बसेको खबर आएको छ, हामी प्रशासन सङै गएर ब्यवस्थापन गर्छौ ।"

कार्याल प्रमुख अधिकारीले संघर्ष समिती संग नियमित सम्पर्कमा रहेको बताउँदै उनले सरकारी जग्गा कब्जा गर्नु गलत भएको बताए । यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताए । उनले अहिलेको अवस्थामा पनि सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नु गलत भएको बताउदै उनले मोतिपुर औधोगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्र बन्नलागेकोले सबैले यसलाई सहयोग गर्नुपर्ने बताए । उनले आएका ब्यक्तिहरुलाइ तत्कालको लागि सम्झाई बुझाई गरेर फर्काउने बताए ।नयाँगाउँ , बेलवास, गाेलपार्क, बुद्धनगर,मजुवा,दिपनगर लगायतका ठाउँबाट आएकाहरुले माेतिपुर करिडोरकाे बि ब्लककाे जग्गामा चुना र डाेरिले घेरा हालेर प्लटिङ गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।