ताजा अपडेट »

लोकप्रिय अभिनेता विवेकको निधन

शनिबार, ०४ बैशाख २०७८, १५ : ४७
6 Shares

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको उपचारको क्रममा चेन्नईको एक अस्पतालमा निधन भएको छ । अभिनेताको शुक्रबार बेलुकी साढे चारमा निधन भएको अस्पतालको तर्फबाट जारी गरिएको मेडिकल बुलेटिनमा उल्लेख छ ।अभिनेतालाई शुक्रबार बिहान करिब ११ बजे छातीमा पीडा भएपछि बेहोसीको स्थितिमा अस्पतालको इमर्जेन्सी रुममा ल्याइएको थियो । बिग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्‍याएका थिए ।

अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अचानक आएको तीब्र कोरोनरी सिन्ड्रोमका साथै कार्डियोजेनिक शकका कारण भएको बताए । यसको कोरोना भ्याक्सिनसँग कुनै लेनादेना छैन । साथै रिपोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ ।विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको रक्तचाप थोरै हाई थियो । अभिनेताको निधनले प्रशंसकबीच शोक व्यत्त गरेका छन् ।

को हुन् विवेक

५९ वर्षीय विवेकको जन्म दक्षिण तमिलनाडुको कोविलपट्टीमा भएको थियो । उनी अभिनेताका साथ साथै कमेडियन पनि थिए । वरिष्ठ निर्देशक बालाचन्दरसँग मिलेर सह निर्देशक र स्क्रिप्ट राइटरको रुपमा सन् १९८० मा विवेकले फिल्म यात्रा सुरु गरेका थिए ।विवेकको प्रतिभा देखेर खुसी भएर बालाचन्दरले उनलाई एक तमिल फिल्म ‘मनादिल उरुदी वेन्डुम’ मा सन् १९८७ मा सानो भूमिका प्रदान गरेका थिए ।

विवेकलाई उनको परफेक्ट कमिक टाइमिङबाहेक तेज दिमागका लागि पनि चिनिन्थ्यो । उनी निकै सहज रुपमा कसैको पनि मिमिक्री गर्न सक्दथे ।नले रजनीकान्त, कमल हासन, उन्होंने रजनीकांत, कमल हासन, अजित, विजय, माधवन र विक्रम संग काम गरेका सगए । माधवनको फिल्म उनको लागि सबभन्दा ठुलो साबित भयो । फिल्ममा काम गदै गर्दा उनलाई सरकारले पद्मश्री अर्वाड प्रदान गरेको थियो ।एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।