ताजा अपडेट »

अधिकांश सांसद प्रेसर र सुगरका बिरामी

सोमबार, ०७ माघ २०७५, ०४ : ४९
2 Shares

संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।

सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनोको समस्या लिएर पुग्ने गरेका छन् । सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु, किड्नीको उपचार लगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरूले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्ने र सांसदहरूले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए ।

सबैभन्दा बढी उपचार  खर्च लिने सांसद
शान्ति अधिकारी जिसी     रु. २,३३,३६९
सानु शिवा                रु. ८४,४४३
ज्ञानकुमारी छन्त्याल     रु. ३८,१७३
प्रकाश पन्थ            ३४,६२२
घनश्याम खतिवडा    रु. २६,६१३

-नयाँ पत्रिकाबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।