ताजा अपडेट »

बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु,३० जना बढी घाइते

शुक्रबार, ०३ बैशाख २०७८, २० : ५९
6 Shares

बुटवल । कोहलपुरमा शुक्रबार साँझ सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिका रोहिणी खोला नजिकै यात्रुवाहक बस र टिप्पर एकआपसमा ठोक्किादा दुर्घटना भएको हो । साँझ सवा ६ बजेको समयमा मे१ख ३३४७ नम्बरको बस र टिप्पर एक आपसमा ठोक्किका हुन् । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने बसमा सवार ३० जना बढी घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बसमा ४० बढी जना यात्रु रहेका थिए । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको बस र बालुवा लोड गरेर कोहलपुरतर्फ आउँदै गरेको टिप्पर एक आपसमा जुँधेका थिए । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । –काँचुली खबर अनलाइनको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।