ताजा अपडेट »

भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

शुक्रबार, ०३ बैशाख २०७८, २० : २६
4 Shares

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो ४७ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।

संस्थाका मानार्थ सदस्य एवं पुर्व अध्यक्ष कुमार थापाले अध्यक्ष फुल्लेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय र पवित्र कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै उनले कोभिड महामारीको समयमा रगतको अभाव हुन सक्ने भन्दै अभावलाई पूरा गर्न पनि रक्तदान कार्यक्रम फलदायी सावित हुने बताए । कार्यक्रममा कोषका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायीले रक्तदान गरेका थिए ।

कोषले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी रक्तदान कार्यक्रम गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने अध्यक्ष फुल्लेलले बताए । कोषका उपाध्यक्ष छवि थापाले रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिताले कोषलाई हौसला मिलेको बताए । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कोषका महासचिव योग गुरुङले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।