ताजा अपडेट »

माधव पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ३२
6 Shares

बुटवल । कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्।

शाहीका पक्षमा २२ मत आएको छ। हुन्न भन्नेमा १५ मत परेको छ। विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माधव नेपाल पक्षले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।