ताजा अपडेट »

व्यवसायीहरुलाई क्यूआर कोड

शुक्रबार, ०३ बैशाख २०७८, १५ : ४३
6 Shares

बुटवल । मञ्जुश्री फाइनान्स लिमिटेड बुटवल शाखाले व्यवसायी हरुलाई क्यूआर कोड प्रदान गरेको छ । शुक्रबार, बुटवल ४ स्थित भैरब क्लेक्सन, अलि ट्रेडर्स र नब गैरे लाइट हाउस लाई क्युआर कोड प्रदान गरेको हो।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले क्युआर कोड सुविधा सुचारु गरिएको फाइन्सका कर्मचारि योगेन्द्र रायमाझिले बताए । डिजिटल बैङ्किङलाई प्रभावकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा समेत सुरु गरिएको छ । यस सेवाबाट ग्राहकहरूले मोबाइल बैङ्किङ एपको प्रयोग गरी क्युआर स्क्यान मार्फत बिना चेक आफ्नो बचत खाताबाट प्रति दिन रु १ लाख र प्रति महिना रु ५ लाख सम्मको भुक्तानी लिन सक्नेछन् ।

फाइनान्सले उच्चतम ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह गर्नुका साथै ग्राहकहरूलाई रेमिटेन्स, मोबाइल बैङ्किङ, एटिम कार्ड लगायतका विभिन्न आधुनिक बैङ्किङ सुविधाहरू समेत उपलब्ध गराउँदै आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।