ताजा अपडेट »

मञ्जुश्री फाइनान्सद्वारा व्यवसायीहरूलाई क्यूआर कोड

शुक्रबार, ०३ बैशाख २०७८, १४ : १४
6 Shares

बुटवल । मञ्जुश्री फाइनान्स लिमिटेड बुटवल शाखाले व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले क्युआर कोड सुविधा सुचारु गरिएको फाइनान्सले जनाएकाे छ ।

डिजिटल बैङ्किङलाई प्रभावकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा समेत सुरु गरिएको हो । यस सेवाबाट ग्राहकहरूले मोबाइल बैङ्किङ एपको प्रयोग गरी क्युआर स्क्यान मार्फत बिना चेक आफ्नो बचत खाताबाट प्रति दिन रु १ लाख र प्रति महिना रु ५ लाख सम्मको भुक्तानी लिन सक्नेछन् । 

फाइनान्सले उच्चतम् ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह गर्नुका साथै ग्राहकहरूलाई रेमिटेन्स, मोबाइल बैङ्किङ, एटिम कार्ड लगायतका विभिन्न आधुनिक बैङ्किङ सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।