ताजा अपडेट »

प्रदेशको कुल बजेट २ खर्ब ६० अर्ब , कुन प्रदेशको कति ?

सोमबार, ०२ असार २०७६, ०८ : ३१
6 Shares

असार २,

काठमाडौँ । आगामी आर्थिक वर्षका २०७६/७७ का लागि सातवटै प्रदेशले करिब दुई खर्ब ६० अर्ब रुपियाँ बराबरको बजेट विनियोजन गरेका छन् । आइतबार हरेक प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले सम्बन्धित प्रदेशसभामा दुई खर्ब ५९ अर्ब ६३ करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय बजेट प्रस्तुत भएको १७ दिनपछि सबै प्रदेशले आफ्नो बजेट घोषणा गरेका हुन् । कुल विनियोजित बजेटमध्ये एक खर्ब १३ अर्ब ५० करोड ५७ लाख रुपियाँ चालू खर्च शीर्षकतर्फ छुट्याइएको छ । त्यस्तै पुँजीगततर्फ एक खर्ब ३८ अर्ब ४६ करोड ५३ लाख रुपियाँ विनियोजन भएको छ ।
बजेटको आकारको हिसाबले प्रदेश ३ ले सबैभन्दा ठूलो बजेट घोषणा गरेको छ । प्रदेश ३ ले ४७ अर्ब ६० करोड ८७ लाखको बजेट घोषणा गरेको हो । पुँजीगतभन्दा चालू खर्च बढी विनियोजन गर्नेमा पनि प्रदेश ३ नै रहेको छ । यसबाहेक बाँकी सबै प्रदेशले आगामी आर्थिक वर्षका लागि चालू खर्चको तुलनामा पुँजीगत खर्च धेरै छुट्याएका छन् । अधिकांश प्रदेशको बजेटमा भौतिक पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा पारेर कार्यक्रम तय गरिएको छ । राजस्व स्रोतका रूपमा प्रदेश २ ले मात्र आन्तरिक ऋणलाई एउटा स्रोतका रूपमा राखेको छ । प्रदेश २ ले आगामी आवका लागि एक अर्ब ३० करोड रुपियाँ आन्तरिक ऋणका रूपमा उठाउने गरी बजेट प्रस्तुत गरेको हो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारको अभियानअनुसार हरेक प्रदेश सरकारले पनि त्यसैसँग मिल्ने गरी नारा तय गरेर बजेट निर्माण गरेका छन् । 
प्रदेश १
कुल बजेट
४२ अर्ब २० 
करोड ४ लाख

 चालू खर्च– १८ अर्ब ५४ करोड ६४ लाख
पुँजीगत खर्च–२३ अर्ब ५७ करोड ३९ लाख
वित्तीय खर्च–आठ करोड

बजेटका स्रोत
आन्तरिक स्रोत– तीन अर्ब ८६ करोड
राजस्व बाँडफाँट– १० अर्ब ५२ करोड
अनुदान– २१ अर्ब २१ करोड
चालू आवको बचत– छ अर्ब ६१ करोड

नारा
‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’

मुख्य कार्यक्रमहरू 
पाँच वर्षभित्र माछा, मासु र अन्डामा आत्मनिर्भर प्रदेश
सगरमाथा आधार शिविरदेखि कञ्चनजङ्घा क्षेत्रसम्म हिमालयन पदमार्ग
हरेक स्थानीय तहमा एक कृति तथा घरेलु औद्योगिक ग्राम
तमोर दूधकोसीलाई गौरवको आयोजना बनाउने
प्रदेशस्तरीय लगानी सम्मेलन

प्रदेश २

कुल बजेट
३८ अर्ब ७२ करोड ५६ लाख
चालू खर्च– १९ अर्ब ११ करोड ९७ लाख
पुँजीगत खर्च– १९ अर्ब २६ करोड ५४ लाख

बजेटका स्रोत
आन्तरिक राजस्व–१३ अर्ब ५४ करोड ३१ लाख
अनुदान–१६ अर्ब १७ करोड ७४ लाख
आन्तरिक ऋण–एक अर्ब ३० करोड 
चालू आवको बचत–७ अर्ब ७० करोड ७२ लाख

प्रदेश ३
कुल बजेट
४७ अर्ब ६० करोड ८७ लाख

चालू खर्च– २४ अर्ब ४६ करोड ७९ लाख
पुँजीगत खर्च–२२ अर्ब ८३ करोड ९८ लाख
वित्तीय हस्तान्तरण–३० करोड 
आर्थिक वृद्धि लक्ष्य ः सात प्रतिशत


बजेटका स्रोत
कर राजस्व–१५ अर्ब ४९ करोड ४९ लाख
अन्तर सरकारी अनुदान–१८ अर्ब छ करोड १३ लाख
अन्य राजस्व–सात अर्ब ३० करोड 
राजस्व बचत–छ अर्ब ७५ करोड

नारा
‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता ः समाजवाद उन्मुख समृद्ध प्रदेश’

मुख्य कार्यक्रम
छोरी बुहारी छात्रवृत्ति कार्यक्रम
स्वास्थ्य परीक्षण वर्ष एक विद्यालय एक नर्स
एक स्थानीय तह एक विशेष उत्पादन प्रदेश भ्रमण दशक

गण्डकी प्रदेश
कुल बजेट
३२ अर्ब १३ करोड ४७ लाख
चालू खर्च–१२ अर्ब २८ करोड ९० लाख
पुँजीगत खर्च–१९ अर्ब ८४ करोड ९० लाख
वित्तीय हस्तान्तरण–चार अर्ब ३८ करोड ९८ लाख
आर्थिक वृद्धि लक्ष्य ७.३७ प्रतिशत

बजेटका स्रोत
आन्तरिक राजस्व–चार अर्ब ५९ करोड ४० लाख
राजस्व बाँडफाँट–नौ अर्ब ९१ करोड २३ लाख
समानीकरण अनुदान–सात अर्ब ५४ करोड एक लाख
सशर्त अनुदान–सात अर्ब ७७ करोड चार लाख
चालू आवको बचत–पाँच अर्ब
समपूरक र विशेष अनुदान–एक अर्ब ३० करोड

नारा
‘समृद्ध प्रदेश : खुसी जनता’

मुख्य कार्यक्रम
बृहत् पोखरा चक्रपथ र पोखरा भिमाद दुम्किवास दु्रतमार्ग प्रदेश गौरवका आयोजना
एक घर एक धारा
गन्डकी प्रदेश उज्यालो प्रदेश
प्रदेश सूचना प्रविधि पार्क स्थापना
दुई वर्षभित्र पूर्ण साक्षर प्रदेश घोषणा


प्रदेश ५
कुल बजेट
३६ अर्ब ४४ करोड ६८ लाख

चालू खर्च– १३ अर्ब ४५ करोड पाँच लाख
पुँजीगत खर्च–१८ अर्ब ५७ करोड ६४ लाख
वित्तीय हस्तान्तरण–४ अर्ब ३८ करोड ९८ लाख
आर्थिक वृद्धि लक्ष्य ७.३७ प्रतिशत

बजेटका स्रोत
आन्तरिक राजस्व–४ अर्ब ५९ करोड ४० लाख
राजस्व बाँडफाँट–नौ अर्ब ९१ करोड २३ लाख
समानीकरण अनुदान–७ अर्ब ५४ करोड एक लाख
सशर्त अनुदान–सात अर्ब ७७ करोड चार लाख
चालू आवको बचत–पाँच अर्ब
समपूरक र विशेष अनुदान–एक अर्ब ३० करोड

नारा
‘समृद्ध प्रदेश : खुसी जनता’

मुख्य कार्यक्रम
कृषिकर्मी रोजगार कार्यक्रम
लुम्बिनी र नेपालगञ्जलाई टुरिजम हब बनाउने
एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम
भैरहवादेखि लुम्बिनीसम्म मोनोरेल
डिजिटल प्रदेश बनाउन सूचना प्रविधि बोर्ड


कर्णाली प्रदेश

कुल बजेट
३४ अर्ब ३५ करोड ३४ लाख
चालू खर्च–१३ अर्ब पाँच करोड ९६ लाख
पुँजीगत खर्च–२१ अर्ब २९ करोड ३७ लाख

बजेट स्रोत
चालू बजेटमा खर्च नभएको– आठ अर्ब ९४ करोड ७४ लाख
राजस्व बाँडफाँट–सात अर्ब ४४ करोड ४३ लाख
सशर्त अनुदान–पाँच अर्ब २७ करोड २७ लाख
समपूरक र विशेष अनुदान–एक अर्ब ८१ करोड २२ लाख
आन्तरिक राजस्व–३५ करोड १० लाख
आर्थिक वृद्धि लक्ष्य ः ६.५ प्रतिशत

नारा
‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’

मुख्य कार्यक्रम
एक निर्वाचन क्षेत्र एक सडक
कर्णालीको पानी ः सबैको लगानी
एक निर्वाचन क्षेत्र एक टेलिमेडिसिन सेवा
बैङ्क खाता छोरीको ः सुरक्षा जीवनभरिको
विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली


सुदूरपश्चिम प्रदेश

कुल बजेट
२८ अर्ब १६ करोड २० लाख

चालू खर्च–१२ अर्ब ५७ करोड २६ लाख
पुँजीगत खर्च–१३ अर्ब छ करोड ७१ लाख
वित्तीय खर्च–४० करोड
वित्तीय हस्तान्तरण–दुई अर्ब १२ करोड २१ लाख

बजेटका स्रोत
आन्तरिक राजस्व–८२ करोड ६८ लाख
राजस्व बाँडफाँट–आठ अर्ब चार करोड ६८ लाख
समानीकरण अनुदान–सात अर्ब ९५ करोड २४ लाख
सशर्त अनुदान–चार अर्ब ५५ करोड छ लाख
चालू आवको बचत–चार अर्ब ७८ करोड ५३ लाख
समपूरक र विशेष अनुदान–दुई अर्ब 
मुख्य कार्यक्रम
मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम
एक स्थानीय तह एक औद्योगिक उत्पादन
‘सानै छु म बढ्न देउ, बालविवाह हैन पढ्न देउ’
प्रथम राष्ट्रिय आयुर्वेद सम्मेलन
-विश्वास रेग्मी /गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।