ताजा अपडेट »

‘ओभरडोज’को ट्रेलर सार्वजनिक

शुक्रबार, ०३ बैशाख २०७८, ११ : ०४
2 Shares

बुटवल। फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्ममा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।

मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियर तयारी भैरहेको फिल्ममा प्रनिसराज पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौं निवासी पन्त अध्ययनको सिलसिलामा हाल अमेरिकामा रहेका छन् । फिल्म सविनजंग थापा र बिना श्रेष्ठको समेत मुख्य भुमिका रहेको छ ।

सुमन पौडेलको निर्देशन रहेको फिल्ममा गौरव गुरुङ, स्वामी डिलेलगायतको अभिनय छ । कथा समेत निर्देशन पौडेलको रहेको फिल्ममा नेपालीका अलवा अमेरिकाको कलाकारको समेत अभिनय रहेको छ । अंग्रेजी र नेपाली दुई भाषा प्रयोग गरिएको फिल्मले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजेको बताइएको छ ।

दादा प्रोडक्सन हाउसको निर्माण, साजन कार्कीको सम्पादन रहेको फिल्म विश्वव्यापी प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।