२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

असार १, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नगरपालिकाको परिसरमा एक समारोहका बीच नेकपाका नेता तथा प्रतिनिधि सभाका सदस्य छबिलाल बिश्वकर्माले कार्यक्रमका लागि छनौट भएका २ जनालाई निर्माण तथा सरसफाइका औजार हस्तान्तरण गरी रोजगार कार्यक्रमको सुरुवात गरेका थिए । तिलोत्तमा नगरपालिकाबाट पहिलो चरणमा ३ सय १६ जना छनौट भएका छन् ।


नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधनमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ । मन्त्रालयबाट प्राप्त रोजगार कार्यक्रमको रकम ७० प्रतिशत आबेदन फारम भरी छनौट भएका मध्यबाट पनि छनौट गरी तोकिएको मापदण्डका आधारमा बेरोजगार युवालाई न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराइने छ । छनौट भएका बेरोजगार युवालाई सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, गार्मेण्ट, खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिए अनुसार बिभिन्न क्षेत्रमा काममा लगाइने छ । तिलोत्तमा नगरपालिकामा बेरोजगार भई यस कार्यक्रममा सहभागि हुन १ हजार २८ जनाले आवेदन भरेकामा ७ सय ७२ जनाको मात्र रित पुगेको थियो । ति मध्येबाट ३ सय १६ जना छनौट गरीएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यवाहक प्रमुख जागेश्वरदेबि चौधरीको अध्यक्षता, प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री बिश्वकर्मा, नेकपाका तिलोत्तमा नगरअध्यक्ष मोहन चापागाई, कांग्रेसका नगर सभापति हरीलाल पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा चेम्वर अफ कर्मर्शका अध्यक्ष जेपी कंडेल लगायतले बोलेका थिए । आज पहिलो दिन छनौट भएकाहरुले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र र गौशालामा बिभिन्न काम गर्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा