ताजा अपडेट »

स्वर्गद्वारीमा जीप दुर्घटना : गुल्मी प्रशासनका २ कर्मचारीको मृत्यु

बुधबार, ०१ बैशाख २०७८, १३ : ०३
6 Shares

बुटवल । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटनामा परेको छ । तिर्थस्थल स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप मन्दिर भन्दा करिब १०० मिटर अघि रुमालेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको पहिचान हुन बाँकी रहेको छ ।

दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्यौपाने, सुर्जे पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा सन्दिप परियार लगायतको टोली सवार रहेको बताईएको छ। घटनाको पूरा विवरण आउँन बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।