२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

जेठ ३२, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका थिए । उनीहरुले ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । जी २० को शिखर सम्मेलन यही जुनको अन्त्य तिर हुने तय भएको छ ।

ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिनुभएको छ ।’ जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गरेका थिए । यसअघि सन् १९७८ मा तत्कालिन जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान गएका थिए । यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्वन्ध सुधार्ने उद्धेश्यले भएको थियो । आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए ।

बिहीबार भएको उनीहरुको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताएको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ । भेटका बारेमा ट्रम्पले बिहीबार नै ट्वीट गर्दै लेखेका छन्, ‘जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाडै नै यसले एउटा सम्झौताको रुप लिने छ भन्ने मैले व्यक्तिगत रुपमा विश्वास लिएको छु । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै