ताजा अपडेट »

पत्रकार पौडेलको सवारी दुर्घटनामा मृत्यु

मंगलबार, ३१ चैत्र २०७७, २१ : २३
10 Shares

बुटवल । कपिलबस्तुका पत्रकार नन्दराम पौडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ। पौडेल सवार मोटरसाईकललाई कपिलबस्तुको चप्पर गाउमा ट्र«कले ठक्कर दिदा उनको निधन भएको कपिलबस्तु प्रहरीले जनाएको छ ।
ईन्सेक प्रतिनिधी समेत रहेका पौडेल कार्यालयको काम सकेर आफ्नो निवास बुद्धभुमी जाने क्रममा ना ४ ख ६२१७ नम्वरको ट्रकले नम्वरको उनी सवार लु ५९ प ६४४१ मोटरसाईकल लाई ठक्कर दिएको थियो । ट्र«कको ठक्करबाट गम्भिर घाईते पौडेलको उपचारका लागि कपिलबस्तु सामुदायिक अस्पताल पठाईएकोमा बाटोमै निधन भएको हो । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । करीव २० बर्षदेखि पत्रकारीतामा सम्लग्न पौडेलका २ छोरा एक छोरी र एक श्रीमती रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।