ताजा अपडेट »

थप ५१७ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

मंगलबार, ३१ चैत्र २०७७, १७ : १४
8 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ५८ पुगेको छ । आज कोरोनाबाट थप ५ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ३६०८ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।