६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । लुम्बिनी प्रदेशका महिला तथा बालबालिकाहरुमा कुपोषणको समस्या चिन्ताजनक अवस्थामा देखिएको छ । सरकारले निर्धारण गरेको दिगो विकासको लक्ष्य पूरा गर्नका लागि पनि पोषणको समस्याले असर गर्ने देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरको तथ्याङ्क अनुसार प्रदेशमा कुपोषणका कारण बालबालिकाहरुमा पुड्कोपन, कम तौल तथा ख्याउटेपनको समस्या देखा परेका छन् ।

Advertisement

प्रदेशका वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले एक प्रतिवेदन सार्वजनिक गर्दै लुम्बिनीका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेको जानकारी गराए । यसैगरी ३१ प्रतिशतमा कम तौल र १४ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपनको समस्या देखिने गरेको छ । देशभरको औसत तथ्याङ्क अनुसार ३२ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, २४ प्रतिशतमा कम तौल तथा १२ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपनको समस्या देखा पर्ने गरेको छ ।

सम्पन्न परिवारहरुमा समेत पोषिलो खानेकुराको अभाव देखिने गरेको स्वास्थ्य निर्देशक चौधरीले बताए । पोषण सम्बन्धि सचेतनाको अभावले प्रदशमा कुपोषणको अवस्था चिन्ताजनक अवस्थामा देखिएको छ । लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा युएसएआइडीद्वारा सञ्चालिन सुआहारा कार्यक्रमले बुटवलमा सोमबार गरेको अन्तरक्रियामा पोषणको अवस्था सम्बन्धि तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार बढ्दो आधुनिकतासँगै आमाको दुध चुस्न नपाउने बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको छ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेशमा १६ प्रतिशत बालबालिकाहरुले आमा दुध चुस्न पाएका छैनन् । यो संख्या सन २०१४ मा १२ प्रतिशत रहेकोमा ५ वर्षको अवधिमा ४ प्रतिशतले वृद्धि भएको हो । अर्गानिक र सन्तुलित खानाको अभावमा महिला तथा बालबालिकाहरुमा कुपोषणको समस्या देखा पर्ने गरेको छ ।

कृषि उत्पादन र पोषणलाई एक साथ जोडेर लैजान सकेमा दिगो विकासका लक्ष्य अनुसार महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् । अन्तरक्रियामा विशेष सहभागिता जनाउँदै पौडेलले सबै जनताले खान पाउने स्थितीको सिर्जना गर्नका लागि पनि कृषि उत्पादनमा जोड दिनु पर्ने बताइन् । आफ्नो मन्त्रालयले कृषि उत्पादन र उत्पादनको प्रयोगका लागि नीति निर्माण तथा कार्यक्रम सञ्चालनलाई जोड दिने गरेको उल्लेख गरिन् । कार्यक्रममा सुआहारा कार्यक्रमकी प्राविधि संयोजक रक्षा गिरीले ‘खाद्य सुरक्षा तथा पोषण सुधारको वर्तमान अवस्था, समस्या र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

सुआहारा कार्यक्रमका लुम्बिनी प्रदेश कृषि संयोजक अर्जुन श्रेष्ठले सुआहाराले प्रवर्द्धन गर्दै आइरहेको पोषण सम्बेदनशील कृषि कार्यक्रमको परिचय र सरोकारवालाहरुसँग सहकार्यका क्षेत्रहरुका बारेमा प्रकाश पारेका थिए । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कुपोषण र खाद्य असुरक्षा समस्या समाधानका लागि सरकारले अपनाएका नीति, रणनीतिहरु र पोषण प्रवर्द्धनका लागि अपनाइएका रणनैतिक कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार