ताजा अपडेट »

नेकपा एमाले माधव पक्षले रुपन्देहीमा बनायो समानान्तर कमिटी

मंगलबार, ३१ चैत्र २०७७, १६ : १५
4 Shares

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले रुपन्देहीमा समानान्तर कमिटी बनाएको छ । नेकपा एमाले माधव समूहका नेता युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङको नेतृत्वमा २०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई रहेका छन् । जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही जिल्ला कमिटीको पुनर्गठन गरिएको बताउदै पार्टिको क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको नव गठित जिल्ला कमिटीका सह–सचिव सिद्धिचरण भट्टराईले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।