२ जेष्ठ २०७९, सोमबार

May 16, 2022


Advertisement

अभिनेत्री नम्रता श्रेष्ठलाई ‘अभिनयकी रानी’ भन्ने गरिन्छ । उनको जीवन्त अभिनयले धेरैलाई लोभ्याउने गरेको छ । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । शुक्रबारबाट ३२ वर्ष पूरा गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ हो । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्यो । नम्रताको अभिनयको पनि गबजकै प्रशंसा भयो । 

फिल्म छनोटमा निकै चुजी मानिने उनले आफ्नो डेढ दशक लामो फिल्म करिअरमा थुप्रै सम्झनलायक फिल्म गरेकी छन् । फिल्म ‘मेरो एउटा साथी छ’ उनको करिअरको ‘टर्निङ पोइन्ट’ साबित भएको थियो । यसपछि उनले करिअर फर्किएर हेर्नुपरेको छैन । पर्दामा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी सबैभन्दा फिट मानिन्छ । 

‘प्रसाद’ पछि नम्रता अभिनीत कुनै फिल्म रिलिज भएका छैनन् । न त कुनै नयाँ फिल्म साइन नै गरेकी छन् । उनको पाइपलाइनमा रहेको फिल्म ‘जाइरा’ आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्मका लागि उनले आफ्नो लोभलाग्दो कपाल समेत छोट्याएकी थिइन् । 

उनी यो फिल्मबाट निकै आशावादी रहेको बताउँछिन् । आशुतोष राज श्रेष्ठ यसका निर्देशक हुन् । अब्बल अभिनयका कारण चर्चामा रहने नम्रता केही वर्षयता पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा रमाइरहेकी छन् । उनीहरुको प्रेम खुल्ला किताबझैँ छ । प्रायः सार्वजनिक कार्यक्रममा नम्रता प्रेमी दावाकै साथमा पुगेकी हुन्छिन् । 

आफ्नो ३३ औं जन्मदिनमा नम्रताले आफू तत्काल बिहे गर्ने सोचमा नभएको बताएकी छन् । उनले भनिन्, ‘अझै मलाई केही राम्रा फिल्म गर्नुछ । बिहे गर्नेबारे अहिले केही सोचेकी छैन ।’ ‘जाइरा’ मा फाइटर बनेकी नम्रताले बाल्यकालमा भने आफू झगडालु स्वभावको रहेको स्मरण गरिन् । ‘जाइरा’ ले आफूलाई बाल्यकालमा फर्काएको पनि उनी बताउँछिन् । 

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै