ताजा अपडेट »

कान सम्बन्धी रोगहरु

शनिबार, ३२ जेठ २०७६, १३ : ४६
64 Shares
बाबा योगीराज / योगाचार्य एवं पञ्चगव्य आयुर्बेद विशेषज्ञ

कान प्राय गरेर बच्चा र पौढहरुको दुख्ने गरेको पाईन्छ । कहिलेकाहि बस्दाबस्दै अचानक अत्यान्त तिव्ररुपले कान दुख्दछ । यो दुखाई कानको भित्र रगत अवरोध भएर या पर्दामा कुनै आघात लागेर हुन्छ । कसैकसै व्यक्तिहरुको वानि यस्तो हुन्छ कि कान अलिअलि चिलाउने या अप्ठारो महशुस भयो भने पेन्सील, सलाईको काटि, या कुनै मसिनो वस्तुले कानमा राखि सफा गर्ने यो अत्यान्त खराब वानि हो यो कारणले कानमा घाउ लागेर पनि कान दुख्दछ । कानमा चिसो लागेर, पानी अचानक कानको पर्दामा पुगेर, कानमा ज्यादा कानेगुजि अर्थात फोहोरो जमेमा,हावाको चापकोकारण, बाल्यवस्थामा आमाले दूध खुवाउदा कानमा दूध गएर या नुहाउदा कानमा पानी पसेर कान दुख्ने, पाक्ने,कानबाट पीव बग्ने हुन्छ । कानको रोगबाट बचाउन सर्वप्रथम आमाले आफ्नो बच्चाहरुलाई नुहाउदा, दूध खुवाउदा, अति सवधानि अपनाउनु प्रर्दछ । दूध र पानी कानमा पर्न हुदैन ।

उषापान (विहान उठने वित्तीकै पानी पिउने)
राति सुत्ने समयमा एउटा तामाको भांडामा एक/डेढ लीटर पानी राख्ने । यदि कालो तुलसी पत्रहरु छन् भने ५/७ वटा राखिदिने र ढाकिदिने । यदि छैनन् भने पानीमात्रै भए पनि राख्ने, बिहान ब्रहममुहूर्तमा उठ्ने र सवैभन्दा पहिले पानी पिउने त्यसपछि मात्रै शौचादि जाने । ८ वर्ष देखि १२ वर्षसम्मका बालकहरूले एक गिलास, १२ वर्षदेखि १५ वर्षसम्मका किशोरहरूले दुई गिलास, १६ वर्षदेखि ३० वर्षसम्मका युवाहरूले ३ गिलास र ३० वर्षभन्दा माथिका व्यक्तिहरूले ४/५ गिलास पानी पिउनु पर्छ । यस प्रकार नियमित उषापान गर्नाले मलावरोध हुदैन, रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ । उषापान स्वस्थ एवं रोगी सबैले प्रतिदिन नियमानुसार पिउनु पर्दछ ।

गोमूत्र या अर्कको सेवन
कामधेनु वशंका (स्थानिय) गाई जो वन, जंगल, चउर आदिमा चरेकाको ताजा मूत्र १०० मि.ली. लिने र एक सफा सुति कपडालाई आठ तह पटाएर उक्त गोमूत्रलाई आठ पटक छान्ने । त्यसपछि विहान र वेलुका खाना खानु भन्दा एक घण्टा पहीला तिस एम एल पिउने । गोमूत्र पान गरेको आधा घण्टासम्म केहि पनि खान पिउन हुदैन । गोमूत्र सेवनले शरीरका अनेकौ रोगहरू को पनि रामवाणको काम गर्दछ ।
अथवा गोमूत्र औषधादिअर्क सेवन
कामधेनुवंशका (स्थानिय) गाईकोमूत्र र जडिबुटिलाई वाप्सिकरण अर्थात डिस्टीलेसन गरेर तयार गरिएको अर्क बिहान–सा“झ भोजन गर्नु भन्दा आधा घण्टा पहिला बिस एम.एल सेवन गर्ने ।


१५ बर्ष भन्दा मुनिका बच्चाले गोमूत्र या गोमूत्र अर्क सेवन गर्न परमा आयुर्वेद डाक्टर र कविराज, र वैद्यको सल्लाह अनुसार मात्र प्रयोग गर्नु पर्दछ । गोमूत्र एवं गोमूत्र अर्क खाएको आधा घण्टा सम्म केहिपनि खान र पिउन हुदैन ।


कान दुख्नु

कान दुख्दा अतिनै कष्ट हुन्छ जसको असर कहिलेकाँहि दाँत र छातीसम्म पुग्दछ,अति चिसो भएर या कानमा चोट लाग्नाले,कानमा पानी पस्नाले,भित्र घाउ हुनाले,कानेगुजी भरीनाले, कान पटक पटक कोट्याउदा घाउ हुनाले,कानभित्र किरा परि टोक्नाले आदि कारणबाट कान दुख्दछ, कहिले काँही असहिय भएर दुख्दछ ।


आकको पात र घिउ
आकको पातमा शुद्ध घिउ लगाउने र आगोमा सेकाउने तातो भएपछि यिनिहरुको पातबाट रस निकाल्ने यो मन तातो रस दुई दुई थोपा रस कानमा राख्ने ।

अदुवाको रस, सिधे नुन र मह
अदुवाको रस, सिधे नुन, र मह मिलाई तताएर मनतातो भएपछि दुई दुई थोपा कानमा राख्ने ।

बाख्रीको पिसाव र सिधेनुन
बाख्रीको पिसावमा चुटकिभर सिधेनुन राखेर तताउने र मनतातो भएपछि सुतिकपडाले छानेर दुई दुई थोपा कानमा राख्ने ।

तोरीको तेल, बेल र लहसुन
तिन चमच शुद्ध तोरीको तेल एक चमच काचो बेलको गुदि, र दुई केसरा लसुन यि सबैलाई राम्रो संग पिसेर पकाउने जब बेल र लहसुन जलेर रातो हुन्छ उतारेर मनतातो हुन दिने मनतातो भएपछि छानेर तेललाई शिशिमा राख्ने । यो तेल विहान बेलुका दुई दुई थोपा कानमा राख्ने ।

तेल र लहसुन
लसुनका २/३ वटा पोटीलाई फुटाएर साना साना टुक्रा बनाउने । एउटा डाडुमा २ चम्चा शुद्ध तोरीको तेल लिने र टुक्रा लसुनलाई तेलमा लगाई आगोमा राखेर मन्द आ“चमा पकाउने । जब लसुन रातो हुन्छ तब उतारेर सूती कपडाले छान्ने । औषधी तयार भयो । मनतातो २-२ थोपा तेल कानमा राख्नाले कानको दुखाईमा आराम मिल्छ । कानमा किरा पसेर आत्तिएको अवस्थामा पनि यो तेल लगाउनाले किरा मरेर बाहिर निस्कन्छ र कानको पिडा पनि खतम हुन्छ ।

कानबाट पीप बग्नु

लहसुन, नीम र तेलको संयुक्त योग
लसुन ५ वटा पोटी र नीमका पात ७ वटा शुद्ध तोरीको तेल ३ चम्चामा राखेर मन्द अँ“चमा पकाउने । जब लसुन र नीमका पात राता हुन्छन् तब आगोबाट उतारेर सूती कपडाले छान्ने र मनतातो तेललाई राती सुत्ने बेलामा २/२ थोपाको दरले कानमा राख्ने । घाउ खटीरा भएको साथै पीप आउने पनि ठीक हन्छ ।


फिटकिरि र हलेदोको रस
कानमा पिप बग्यो भने फुलाएको फिटकिरीको धुलो हलेदोको रसमा राखी कपडाले छानेर दुई दुई थोपा कानमा राख्नाले कान पाकेर पिप बगेको ठिक हुन्छ ।


आकको पात र घिउ
आकको पातमा घिउ लगाउने र आगोमा सुक्ने मनतातो भएपछि रस निकाल्ने यो मनतातो रस २/२ थोपा कानमा राख्ने, बिहान साँझ ठिक नहुँदा सम्म राख्ने ।

अदुवा सिधेनुन र मह
अदुवाको रस, सिधेनुन र महँ मिलाई तताउने र मनतातो भएपछि कानमा राख्ने ।

तेल, बेसार, र फिट्किरि
शुद्ध तोरीको तेल ५० ग्राम,फुलाएको फिट्किरि १० ग्राम, शुद्ध बेसार १० ग्रामलाई एउटा स्टिलको भाडामा मिलाई आगोमा पकाउने केहि समय पाकेपछि उतारेर मनतातो हुन दिने र सुतिकपडाले छान्ने र सफा काँचको शिशिमा राख्ने र विहान साझ २–२ थोपा कानमा राख्नाले कानका सबै प्रकारका रोगहरू ठिक हुन्छन ।

राजवृक्ष
राजवृक्षको पातलाई पकाएर त्यसको काढाले कान धुनाले कानपाकेको ठिक हुन्छ । साधुवाद
हिमलक्ष्मि आरोग्यधाम


सितगंगा १२, आरोग्यधाम (डोहोटे) अर्घाखाँची
सम्पर्कः– ९८५७०३४३३३,९८१६४६५३६६
[email protected]

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।